काठमाडौंको विशाल बजार ब्यापारीक भवनलाई महानगरको २४ घन्टे अल्टिमेटम
निरन्तर न्यूज
१३ भाद्र २०७९, सोमबार १५:४७
काठमाडौं । काठमाडौं महानगरपालिकाले विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न निर्देशन दिएको छ ।
महानगरको टोलीले सोमबार विशाल बजारको स्थलगत अनुमगन गर्दै बेसमेन्टमा रहेका पसलहरू अनधिकृत रहेको र भवनको नक्सासमेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिएको हो ।







