नेप्से १,९७० दशमलव ६२ अंकमा सीमित

निरन्तर न्यूज
१८ भाद्र २०७९, शनिबार २१:२८

काठमाडौं । यो साता नेप्से १९ सय ७० दशमलव ६२ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ३ सय ८३ दशमलव २० अंकमा सीमित हुन पुगेको छ । सातामा २ सय २६ वटा कम्पनीहरुको १ लाख ६२ हजार ९ सय ३६ पटकको कारोबारमा २ करोड १२ लाख ४५ हजार ७ सय ७८ कित्ता सेयर किनबेच भएका छन् । जसबाट यो साता कुल कारोबार रकम ७ अर्ब ५५ करोड ४३ लाख ५८ हजार ९ सय २४ रुपैयाँ कायम भएको छ ।

यो कारोबार रकम गत साताको भन्दा कम हो । गत साता २ सय २३ वटा कम्पनीहरुको १ लाख ९६ हजार १ सय ७३ पटकको कारोबारमा २ करोड ६१ लाख २ हजार ४ सय ४७ कित्ता सेयर किनबेच भएका थिए । सोही आधारमा उक्त साता कुल कारोबार रकम ९ अर्ब ६४ करोड ५३ लाख ९७ हजार ७ सय ५५ रुपैयाँ पुगेको थियो । यो साता नेप्से नियमित कारोबारका लागि छ दिन नैं खुल्ला रहेको थियो ।

जसमध्ये दोस्रो र तेस्रो दिन नेप्से बढेपनि पहिलो, चौथौं, पाँचौं र छैठौं दिन भने नेप्से लगातार घटेको थियो । सो अनुसार पहिलो दिन ३३ दशमलव ३६ अंकले घटेर १ हजार ९ सय ८९ दशमलव २६ अंकमा सिमित भएको नेप्से अन्तिम कारोबार दिन पनि १ दशमलव ६७ अंकले घटेर १ हजार ९ सय ७० दशमलव ६२ अंकमा सिमित हुन पुगेको थियो । यसैगरी पहिलो दिन ६ दशमलव ५ अंकले घटेर ३ सय ८५ दशमलव ७० अंकमा सीमित हुन पुगेको सेन्सिटिभ इन्डेक्स पनि अन्तिम कारोबार दिन ० दशमलव ७४ अंकले घटेर ३ सय ८३ दशमलव २० अंकमा सीमित हुन पुगेको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम सिमेन्ट, नेपाल टेलिकम आदि अगाडि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*