आज सुनचाँदीको मूल्य बढ्यो

निरन्तर न्यूज
२१ भाद्र २०७९, मंगलवार १२:२९

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ३ सयले घटेर ९४ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ ३ रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९३ हजार २ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ११ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ११ सय १५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*