हेटाैँडा २ काे विभिन्न टाेलमा डेङ्गु सचेतना अभियान

निरन्तर न्यूज
२१ भाद्र २०७९, मंगलवार १३:४९

हेटाैँडा । हेटाैँडा उपमहानगरपालिकार र स्जास्थ्य कार्यालय मकवानपुरकाे संयुक्त आयाेजनामा डेङ्गु राेग नियन्त्रण सम्वन्धि अभियान सन्चालन भैरहेकाे छ ।

हेटाैँडामा पनि डेङ्गुकाे संक्रमण बढ्ने आकलन गरिएपछि यसकाे नियन्त्रण सम्वन्धि अभियान सन्चालन गरिएकाे हाे ।

हेटाैँडा उपमहानगर वार्ड नम्बर २ का बिभिन्न टाेलमा अभियान सन्चालन गरिएकाे स्वास्थ्य स्वयम् सेविका मिना पराजुलीले जानकारी दिइन् । २२ गते सम्म पराजुलीकाे क्षेत्रमा रहेकाे महिला सदस्य मैया भुषालकाे नेतृत्यमा बनस्खण्डी टाेल, क्याम्पस चाेक, मनकामना चाेक, नयाँ मनाकामना राेडलगायतका स्थानमा अभियान सन्चालन गरिरहेकाे पराजुलीले बताइन् ।

लामखुट्टेकाे बासस्थान तथा लार्भा नष्ट गर्न सबैले सकारात्मक पहल गराैँ, लामखुट्टे भगाऔँ, डेङु राेगबाट बचाैँ भन्ने नाराका साथ अभियान सन्चालन भैरहेकाे छ । वर्षा भैरहदाँ पनि छाता ओढेर अभियानमा सक्रिय रहेका थिए । उनीहरुले पानी जम्ने ठाउँ पूराना टायरहरुलाई हटाएर लामखुट्टेकाे टाेकाइबाट बच्न घरदैलाे गरिरहेका थिए ।

अभियान सन्चान गर्नु पूर्व डेङ्गु राग सम्वन्धि सराेकारवालाहरु सँग एक दिने अभिमुखिकरण समेत सन्चलान गरिएकाे थियाे । याे अभियान भदाै १८ गतेदेखि नगरभरि सन्चालन भैरहेकाे छ ।

डेङ्गु रोग के हो ?

डेङ्गु रोग Aedes प्रजातीका लाम्खुट्टेबाट सर्ने एउटा भाइरल रोग हो। डेङ्गु रोग लगाउने जीवाणु फ्लाभी भिरिडे भन्ने परिवरको डेङ्गु भाइरस (जिवाणु) ४ अलग अलग प्रकारको (serotype) हुन्छ, ती हुन DENV-1, DENV-2, DENV-3 र DENV-4 । भन्नूको मतलब कुनै एक व्यक्तिलाई जीवनभरमा ४ अलग अलग चोटि यो रोग लाग्न सक्छ। मानौ तपाईंलाई आज DENV-1 ले बिरामी पार्‍यो भने तपाईं निको भए पछी फेरि DENV-1 ले जीवन भर डेङ्गु लगाउन सक्दैन तर अन्य DENV-2, 3 र 4 ले भने फेरि लगाउन सक्छन् तर एकपटक जून प्रकारले लगायो त्यस्ले फेरि भने लगाउदैँन। डेङ्गु रोग सामान्यतया सजिलै उपचार गर्न सकिने रोग हो।
विश्व स्वास्थ संगठनको परिभाषा अनुसार यो रोगलाई तीन तरिकाले बिभाजन गरिन्छ।
पहिलो डेङुगु ज्वरो ( Dengue Fever), दोस्रो डेङ्गु हेमोर्‍याजिक फिबर (Dengue Hemorrhagic Fever) र तेस्रो डेङ्गु शक सिन्ड्रोम (Dengue Shock Syndrome) अथवा आधुनिक परिभाषामा यसैलाई रोगको अलगअलग अवस्था (stage) अनुसार यसरी अलग अलग बिभाजन गरिन्छ।अथवा आधुनिक परिभाषामा यसैलाई रोगको अलगअलग अवस्था (stage) अनुसार यसरी अलग अलग बिभाजन गरिन्छ।
१. खतराको संकेत बिनाको डेङ्गु ज्वरो (Dengue Fever Without Warning Signs)
२. खतराको संकेतसहितको डेङ्गु ज्वरो (Dengue Fever With Danger Signs)
३. अत्ति गम्भीर अवस्थाको डेङ्गु (Severe Dengue)
(म यहाँ विश्व स्वास्थ संगठनको मापदण्डअनुसार व्याख्या गर्नेछु। जस अनुसारका माथीका तीन प्रकारलाई म छुट्टाछुट्टै व्याख्या गर्नेछु। )
डुङ्गु रोग सामान्यतया ८ देखी १० दिनमा निको हुने गर्छ। कुनै खास औषधिले यसको उपचार गरिने होइन। तर बिरामीको शरिरमा पानीको मात्रा घट्न नदिन भने धेरैख्याल गर्नु पर्छ।
कति प्रकारका लाम्खुट्टेले टोक्दा डेङ्गु लाग्छ? टोकेको कति दिनमा रोग देखा पर्छ? मानौ मेरो परिवारको एउटा सदस्यलाई डेङ्गु रोग लाग्यो र उपचार पछी निको हुनु भयो, के अब उहाँलाई टोक्ने लाम्खुट्टेले हामीलाई टोके डेङ्गु सर्छ? यो रोग लाम्खुट्टे आफैलाई चै लाग्दैन?

लाम्खुट्टेले एउटाले एकै पटक टोकेपनि यो रोग सर्छ तर त्यसका लागि लाम्खुट्टे आफूले यो जीवाणु बोकेको हुनु पर्‍यो। लाम्खुट्टेले टोकेको औसत ३ देखि ७ दिनमा यो रोगको लक्षण देखा पर्छ। यो समय व्यक्तिको शरीरमा भएको रोग सँग लड्ने क्षमतामा भर पर्छ। डेङ्गु लागेको व्यक्तिलाई ज्वरोसुरु भएको १ दिन अगाडी र ६-७ दिन पछी सम्म लाम्खुट्टेले टोक्दा यो रोगको जीवाणु लाम्खुट्टेमा सर्छ। लाम्खुट्टेमा सरेको ६-८ दिनमा यो जीवाणु लाम्खुट्टेका र्‍याल ग्रन्थीमा गुणात्मकरुपमा वृद्धि हुन्छ। र यसले स्वस्थ व्यक्तिलाई टोक्दा अब डेङ्गु सर्छ। डेङ्गु लगिसकेको लाम्खुट्टेले उसको जीवन भर डेङ्गु सार्न सक्छ तर उसलाई भने यो रोगले कुनै नकारात्मक असर पर्दैन।

डेङ्गु रोगका लक्षणहरु के हुन्?

डेङ्गु रोगको तीन अवस्था अर्थात् stage बताइएको छ । जसको व्याख्या यस प्रकार छ ।

पहिलो:– डेङ्गु ज्वरो (Dengue Fever) रोगको सुरुमा एक्कासि हनहनी ज्वरो आउनु यो रोगको पहिलो लक्षण हो। (स्मरण रहोस् कहिलेकाही ज्वरो नआइ नै पनि डेङ्गु भएको हुन सक्छ।)
अन्य लक्षणहरु:
१. टाउको दुख्नु
२. आँखाको गेडोको वरिपरि वा पछाडितिर दुख्नु
३. जीउ दुखनु (अत्यधिक जिउ दुख्ने भएकाले डेङ्गुलाई (Break Bone Fever) हाड भाँच्ने ज्वरो पनि भनिन्छ।)
४. जिउ थकित हुनु
५. जिउमा मसिनो (सियोको टुप्पो झैँ सानो) आकारको रातो दाग आउनु
६. बान्ता हुनु र होला जस्तो हुनु
७. खाना रुचि नहुनु
८. झाडापखाला हुनु
९. मन्द पेट दुख्नु
यी सबै लक्षण अरु रोगमा नि हुने गर्छ त्यसैले नहिच्किचाइ ज्वरो आउन साथ अस्पताल जानु पर्छ। यदि तपाईंको छरछिमेकमा कसैलाई डेङ्गु भएको भए आफ्नो डाक्टरलाई भन्नुस्, अथवा तपाई डेङ्गु रोग लगेको भनिएको ठाँउ घुम्न जानु भएको थियो भने त्यो नि भन्नुस्।

दोस्रो:- डेङ्गु हेमोर्‍याजिक फिबर (Dengue Hemorrhagic Fever) २ देखी ७ दिन सम्मको ज्वरो, माथी भनिएका लक्षण र तलका लक्षणहरु साथमा आए त्यो डेङ्गु हेमोर्‍याजिक फिबर हुन्छ।
१. पेट धेरै दुख्नु
२. लगातार बान्ता हुनु
३. गिजाहरुबाट खुन बग्नु
४. नाथ्री फुटेको झैँ नाकबाट रगत आउनु
५. प्यास धेरै लाग्नु, खटपट/छट्पटी हुनु
६. दिशा कालो हुनु
ल्याब रेपोर्टमा शरीरमा खुनको बाक्लोपना बढेको देखिनु, खुन जम्न मद्दत गर्ने platelet प्लेट्लेटको मात्रा घटेर १००,००० cells/mm3 भन्दा कम हुनु।

तेस्रो:- डेङ्गु शक सिन्ड्रोम (Dengue Shock Syndrome) डेङ्गु रोगको गम्भीर अवस्था हो यो। माथीका सम्पुर्ण लक्षणहरुका वा केही लक्षणहरुका साथमा तलको कुनै लक्षण संगै आए डेङ्गु शक सिन्ड्रोम भएको भन्ने बुझिन्छ।
१. रगतका नसाहरुबाट पानी र खुन जमाउने पदार्थहरु भएको प्लास्मा Plasma लिक भएको प्रमाण भेटिनु (प्रमाणके हुन् भन्ने कुरा तपाईको डाक्टरले जान्ने छन्)।
२. रक्तचाप (B.P.= Blood Pressure) घटेर जानु, नाडीमा धड्कनको चाल बड्नु र धड्कन कमजोर हुनु
३. फोक्सोमा पानी जमेर श्वासप्रश्वासमा समस्या आउनु
४. पेटमा अत्यधिक खुनबगेको प्रमाण अथवा खुन बान्ता हुनु
५. विभिन्न अङ्गहरु मुटु, मृगौला, कलेजोहरुले काम गर्न छोडनु
यी सबै अवस्थाहरुमा डाक्टरहरुले आवस्यकता अनुसार प्रयोगशालामा विभिन्न समय समयमा रगतका जाँच, एक्स-रे, अल्ट्रासाउन्ड आदि गर्ने गर्छन्। साथै डेङ्गु रोग प्रमाणित गर्न केहि रगत परिक्षण पनि गरिन्छ। सुन्दा कहिँ डरलागे पनि समयमा ज्वरो आउनसाथ डाक्टरलाई देखाए यो रोग दोस्रो तेस्रो अवस्थामा पुग्दैन।
डेङ्गु लग्दा पहिलो १ देखि ५-७ दिन ज्वरो आउँछ, जब ज्वरो घट्छ तब को २-३ दिन एकदमै चनाखो हुनु पर्छ किन कि त्यो समय शरीरमा पानीको कमि, रगत बग्ने आदि हुनसक्छ त्यस पछीको १-२ दिन बिरामीको स्वास्थ सामान्य बनेर जान्छ।

रोगको उपचार के हो?

प्रसस्त पानी पिउने, बेड रेस्ट (आराम गर्ने) शारीरिक बल पर्ने काम गर्दै नगर्ने, ज्वरो आउन नदिन औषधि खाने, अस्पतालमा भए सलाइन पानी दिने, यदि रोग दोस्रो वा तेस्रो अवस्थामा पुगे बिरामीलाई रगत पनि दिनु पर्ने हुन सक्छ।
डेङ्गु लागेको शंका हुन साथ कालो चक्लेट, खुन र डडाएको मासुहरु खानु हुन्न। यी खानाले दिसा कालो हुने भएकोले पेटमा कतै रगत पो बगेको हो कि भनेर झुक्किन सक्छ। लक्षणहरुमा माथी डेङ्गु हेमोर्‍याजिक फिबरमा भएका लक्षण नभए बिरामीको उपचार अस्पताल भर्ना नगरी बहिरंग सेवा मै गरेर घर पठाउन सकिन्छ। तर फेरि पनि पहिला डाक्टरको सल्लाह लिनुपर्छ।
यो रोग बाट कसरी बच्ने?
यो रोगबाट बच्न पहिला लाम्खुट्टेको टोकाइ बाट बच्नु पर्यो। त्यस्का लागि तलका उपायहरु अपनाउनु पर्छ।
१. लामो हात खुट्टा छोप्ने लुगा लगाउने। हातमा भन्दा लाम्खुट्टेले कुर्कुचा र घाँटीको पछाडि बढी टोक्ने भएकाले अनिवार्य पेन्ट, ट्राउजर लगाउने।
२. पानी जम्ने टायर, फलिएका भाँडाबर्तन, प्लाष्टिकका कागज जस्मा पानी जम्छ तिन्लालाइ सफा गर्ने। पानी जम्ने खाडल पुर्ने।
३. स्कुल, चौर, घर वरपर लाम्खुट्टे भगाउने/मार्ने औषधि छर्किने। ४. हातखुट्टामा लाम्खुट्टे भगाउने लोसन/कृम लगाउने।
५. साझ पर्न लग्दा
४ बजे अपरान्ह पछी घरका झ्यालहरु बन्द गर्ने, अनावश्यक बाहिर नजाने, केटाकेटीलाई ४ देखि बेलुका ६ बजे सम्म बाहिर अनावश्यक हिंड्न/खेल्न नदिने।
६. कुनैपनि माथी उल्लेख लक्षण देखिन साथ अस्पताल वा नजिकको डाक्टरलाई देखाउने।
७. Citrus fruits भिटामिन सि पाइने फलफूल हरु खाइ रहने।

(रोग लागेको थाहा पाउन साथ चिकित्सक कहाँ जाउ, उपचारमा ढिलाइ भइ हुने मृत्युबाट आफुलाई जोगाउँ।)

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु