साफ महिला च्याम्पियनसीपः नेपालको सुखद विजयी शुरुआत

काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । आज मंगलबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४-० ले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले समान २-२ गोल गरे । सावित्राले खेलको १२औं र ६८औं मिनेटमा गोल गर्दा अनिताले ५३औं र ८५औं मिनेटमा गोल गरिन ।
पहिलो जितसँगै समूह ‘ए’मा रहेको नेपालले तीन अंक जोडेको छ । नेपालले अब भदौ २७ गते सोमबार श्रीलंकासँग खेल्नेछ ।