मकवानपुरमा प्रथम थाहानगर बीच भलिबल प्रतियोगिता हुने

हेटाैँडा । मकवानपुरको थाहा नगरपालिकामा पहिलो पटक जिल्ला स्तरीय बिच भलिबल प्रतियोगिता हुने भएको छ । थाहा कला केन्द्रको आयोजना र थाहानगर भलिबल संघको समन्वयको असोज १४ गतेदेखि १७ गतेसम्म थाहानगरमा हुन लागेको हो ।
आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाको पर्यटन प्रवर्धन हुने उद्देश्यले थाहानगरमा पहिलो पटक बिच भलिबल प्रतियोगिता आयोजना गर्न लागेको थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले बताउनु भयो । उहाँले भन्नुभयो,‘असोज १ गते देखि १० गतेसम्म टीम दर्ताको लागि सूचना प्रकाशन गर्ने छौँ । टीम दर्ताको लागि शुल्क १ हजार १ सय रुपैयाँ तोकेका छौँ ।’
सो प्रतियोगितामा करिव ५० टिमको सहभागिता रहने अपेक्षा आयोजकले लिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा अनुशासीत टीमलाई नगद ५ हजार, उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र प्रदान गर्ने अध्यक्ष मोक्तानले बताउनु भयो ।
पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेस खड्गी, निमित्त कार्यालय प्रमुख माधव काेइराला, जिल्ला भलिबल संघ मकवानपुरका अध्यक्ष बसन्त सिटौला, कोषाध्यक्ष शंकर कार्की,थाहा नगरपालिका भलिबल संघका अध्यक्ष बसन्त गोपाली, भलिबल संघ हेटौंडा उपमहानगरपालिका अध्यक्ष राजु घले, प्रतियाेगिताका सन्चार संयाेजक रुपक कालिराज लगायतको आतिथ्यता रहेको थियो ।