मकवानपुरमा १०४५ जनामा डेङ्गु, हेटाैँडाका एक बालककाे मृत्यु

हेटौंडा । डेंगू रोगको संक्रमण मकवानपुरमा पनि दिनहुँ बढ्दै गएको छ । यसले हेटौंडा उपमहानगरपालिका क्षेत्रमा धेरै विरामी समेत परेका छन् ।
डेंगूका कारण १३ वर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १ निवासी १३ वर्षीय बालक रहेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार अघिल्लाे आर्थिक वर्षभरीमा जम्मा १९५ जनामा मात्र संक्रमण रहेकाे थियाे तर यस आर्थिक वर्षमा हाल सम्म १०४५ जनामा डेङ्गु संक्रमण भैसकेकाे छ । २ महिनाकाे अवधिमा डेङ्गुकाे प्रकाेप फैलिएकाेले गर्दा घिमिरेले सबैलाई सावधानी अपनाएर यसबारे सचेत रहन आग्रह गरेका छन् ।