भारतमा बन्धक बनाइएका ३५ जना नेपालीहरूको उद्धार

निरन्तर न्यूज
७ असार २०८२, शनिबार २२:०४

काठमाडौँ । भारतमा बन्धक बनाइएका ३५ जना नेपालीहरूको उद्धार गरिएको छ।

दिल्लीस्थित नेपाली राजदूतावासले भारतको उत्तराखण्डको काशिपुरमा बोलाएर बन्दी बनाइ कुटपिट र यातना दिँदै रकम असुली गरेको सूचनाका आधारमा ३५ जना नेपालीको उद्धार गरेको जनाएको छ।

उक्त घटनासँग सम्बन्धित केही व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको पनि दूतावासले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

त्यस्तै, उत्तराखण्डको अन्य स्थानमा बन्दी बनाइएका, थप नेपाली युवाहरूको खोजी र उद्धार कार्य जारी रहेको छ । साथै उद्धार गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने पनि बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*