दशैँका लागि नयाँ नोट साट्न पाइने
हेटौडा। दशैका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ ।नेपाल राष्ट्र बैङ्कले नजिकिदै गरेको
दशैंलाई लक्षित गर्दै नयाँ नोट साट्न सकिने व्यवस्था गरेको हो।
नयाँ नोट विभिन्न बैंक तथा वित्तीय संस्थाले आजदेखि उपलब्ध गराउने भएका हुन् ।
सटही गर्दा प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबरको नयाँ नोट साट्न मिल्ने राष्ट्र बैङ्कले जनाएको छ।
सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक/एक बण्डल नयाँ नोट पाउने भएका हुन्।दशैंको लागि मात्रै राष्ट्र बैंकले १० देखि १३ अर्ब रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ।
उपत्यकाबाहिर राष्ट्र बैंकका बिराटनगर, जनकपुर, विरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज तथा धनगढी शाखा कार्यालयबाट नोट सटही हुनेछ।







