नेपालमा डेङ्गु संक्रमितको संख्या ११ हजार नाघ्यो

काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सात वटै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ ।
जसअनुसार प्रदेश १ मा ३४७, मधेस प्रदेशमा १९८, बाग्मतीमा ८३९०, गण्डकीमा २२४, लुम्बिनीमा १४२१, कर्णालीमा १६२ र सुदूरपश्चिम प्रदेशमा ३२३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।