हेटौडा उपमहानगरद्वारा अस्पताललाई डेङ्गु किट सहयोग

निरन्तर न्यूज
३ आश्विन २०७९, सोमबार १७:१८

हेटौंडा । हेटौडा उपमहानगरपालीकाले हेटौडा अस्पताललाई थप एक हजार थान डेङ्गु परिक्षण गर्ने किट सहयोग गरेको छ । सोमबार अस्पतालमा पुगि उपमेयर राजेश बानियाँले अस्पतालका मेसु डा। रामचन्द्र सापकोटालाई किट हस्तान्तरण गर्नु भएको हो । यस अघि पनि उपमहानगरपालीकाले हेटौडा अस्पताललाई एक हजार किट सहयोग गरेको थियो । किट हस्तान्तरण गर्दै उपमेयर बानियाँले हेटौडा अस्पतालबाट माग भै आए अनुसार आवश्यक पर्ने अन्य स्वस्थ्य सामाग्री तथा डेङ्गु परिक्षण गर्ने किट उपलब्ध गराउन उपमहानगरपालीका तयार रहेको बताउनु भयो ।

उहाँले हेटौडाको सानका रुपमा रहेको हेटौडा अस्पतालमा पछिल्लो समय मकवानपुरबासीले उपचारमा सहज पाएको र सानातिना समस्याहरु बिस्तारै समाधान हुदै आएको बताउनु भयो । सबैको सहयोगमा अस्पताल सुधार हुने बताउदै अस्पतालमा आम नागरीकले सेवाबाट बन्चित हुनु नपर्ने उहाँले बताउनु भयो । अहिले डेङ्गु महामारीका रुपमा रहेकाले आम नागरीकलाई परिक्षण गराउन सजिलो होस भन्दै उपमेयर बानियाले डेङ्गु परिक्षण गर्ने किट अस्पताललाई सहयोग गरेको र थप किट उपलब्ध गराउन पनि उपमहानगतयार रहेकोे उहाँले बताउनु भयो ।

किट बुझदै अस्पतालका मेसु डा। सापकोटाले हेटौडा अस्पतालमा दैनिक एक सयको हाराहारीमा डेङ्गुका बिरामी परिक्षणका लागी आउने गरेको बताउदै थप किटका लागी अस्पतालले पनि खरिद्ध गर्न तयारी रहेको बताउनु भयो । उहाँले हेटौडा अस्पताल पहिलेको भन्दा धेरै ब्यबस्थीत हुदै आएको बताउदै अझ राम्रो बनाउन आफुहरु लागीपरेको बताउनु भयो । किट हस्तानतरणमा अस्पताल समिति सदस्य हिरा लामा,उपमहानगरपालीकाका बरिष्ठ जनस्वास्थ्य निरिक्षक, अस्पतालक प्राबिधिक राजकुमार शर्मा, बिजय पुडासैनी,नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु