साइन बाेर्डकाे शुल्क तिर्न बालेनले निकाले अर्को सूचना

निरन्तर न्यूज
७ आश्विन २०७९, शुक्रबार ०८:३६

काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति वा संस्थाले आफ्नो कार्यस्थल बाहिर राखेको परिचय पार्टी (साइनबोर्ड) को शुल्क ३० दिनभित्र बुझाउन आग्रह गरेको छ।

व्यक्ति, व्यवसाय वा संघसंस्थाको परिचय खुल्ने साइनबोर्ड कार्यस्थल बाहिर राखेको भए त्यसको शुल्क तिर्न महानगरले आग्रह गरेको हो।

अबको ३० दिनभित्र वडा कार्यालयमा गएर साइनबोर्ड शुल्क तिर्न महानगरले आज सूचना जारी गरेर आग्रह गरेको छ।

शुल्क नबुझाए वा तोकिएकोभन्दा ठूलो साइनबोर्ड राखेको पाइएमा त्यस्ता साइनबोर्ड महानगरपालिकाले तत्काल हटाउने चेतावनीसमेत दिइएको छ।

६ वर्गफुटसम्म एक वटा मात्र साइनबोर्ड राखेको भए ५०० शुल्क लाग्नेछ। यस्तै १५ वर्गफुटसम्म १५०० र ३० वर्गफुटसम्म प्रतिवर्ग फुट १००० का दरले शुल्क लाग्ने महानगरले जनाएको छ।

३० वर्गफुटभन्दा माथिको साइनबोर्ड राख्न निषेध गरिएको महानगरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*