डेनमार्कलाई हराउँदै अस्ट्रेलिया १६ बर्षपछि बिश्वकप फुटबलको नकाउट चरणमा

निरन्तर न्यूज
१५ मंसिर २०७९, बिहीबार ०७:५८

काठमाडौं । बलियो प्रतिस्पर्धी डेनमार्कलाई १–० ले पराजित गर्दै अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ।

बुधबार भएको समूह डीको खेलमा डेनमार्कलाई हराउन ६० औं मिनेटमा अष्ट्रेलियाका म्याथ्यु लेकीले निर्णायक गोल गरे ।

जितसँगै समूह डीमा अष्ट्रेलिया समूह चरणका तीन खेलबाट ६ अंक जोडेर नकआउट चरण प्रवेश गर्यो । पहिलो खेलमा फ्रान्ससँग हारेको अष्ट्रेलियाले दोस्रो खेलमा ट्युनिसियालाई पराजित गरेको थियो।

यसअघि अष्ट्रेलिया सन् २००६ मा भएको विश्वकपको अन्तिम १६ मा पुगेको थियो। त्यसयता पहिलोपटक अष्ट्रेलिया अन्तिम १६ मा पुगेको हो।

समूहको उपविजेताको हैसियतमा अन्तिम १६ मा पुगेको अष्ट्रेलियाले अन्तिम १६ को खेलमा समूह सीको विजेतासँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु