मल अभाव बिरुद्ध थाहा नगर कार्यालय घेराउ

निरन्तर न्यूज
१५ मंसिर २०७९, बिहीबार १२:५७

थाहा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाका किसानहरुले आज थाहा नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । रासायनिक मल अभाव विरुद्ध किसान आन्दोल लेखिएको ब्यानर सहित कार्यालय घेराउ गर्न पुगेका हुन्

किसानले आवश्यक मल नपाउँदा पीडामा परेको भन्दै नगरपालिकालाई दबाब दिने उद्देश्यले थाहा नगरको कार्यालय घेराउ गरिएको किसान संघर्ष समितिले जनाएको छ ।

समितिका अनुसार, आलु, बन्दा, काउली, खुर्सानी जस्ता बेमौसमी खेती आएका यहाँका कृषकहरू बैज्ञानिक रूपमा परिक्षण नभएका नक्कली मल प्रयोग गर्न विवश छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*