विश्वकप फूटबल २०२२ : आज फ्रान्स र पोल्याण्ड तथा ईङ्ल्याण्ड र सेनेगेल भीड्दै

निरन्तर न्यूज
१८ मंसिर २०७९, आईतवार १९:५५

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज राउण्ड अफ १६ का दुई खेल हुँदैछन् ।

अल थुमामा स्टेडियममा आइतबार हुने पहिलो खेलमा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा छन् ।

फ्रान्स समूह ‘डी’ को विजेता र पोल्याण्ड समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्को खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । अल बयात स्टेडियममा हुने इंग्ल्यान्ड र सेगेनलबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

इंग्ल्यान्ड समूह ‘बी’ को विजेता र सेनेगल समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु