मोरक्कोलाई हराउँदै फ्रान्स बिश्वकप फुटबलको फाईनलमा प्रवेश

निरन्तर न्यूज
२९ मंसिर २०७९, बिहीबार ०७:५५

काठमाडौं । फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो ।

साविक विजेता फ्रान्सले आइतबार हुने फाइनल खेलमा अर्जेन्टिनासँग भिड्नेछ । मोरक्कोले भने तेस्रो स्थानका लागि शनिबार क्रोएसियासँग खेल्नेछ ।

अल बायत स्टेडियममा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र राण्डल कोलो मुवानीले एक एक गोल गरे । खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २(० को जित दिलाए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु