इन्धनको मूल्य घट्यो (अब कति भयो?)

निरन्तर न्यूज
१ पुष २०७९, शुक्रबार २१:३६

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल, मट्टीटेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल, मट्टीटेल १७८ रुपैयाँ थियो ।

हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् नै रहेको निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*