नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

निरन्तर न्यूज
६ पुष २०७९, बुधबार ११:५१

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ८ सय रुपैयाले बढेर १ लाख १२ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ८ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ २५ रुपैयाले बढेको छ । चाँदी आज प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा नै कारोबार भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*