प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त

निरन्तर न्यूज
९ माघ २०७९, सोमबार १६:३७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेका छन् ।

उनले आफूलाई प्रधानमन्त्री प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको बताएका छन् ।यसअघि प्रधानमन्त्री प्रचण्डले सचिवालयमा ७ जना कर्मचारी नियुक्त गरिसकेका छन् ।

अब प्रधानमन्त्रीको कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत क्षेत्रमा नियुक्त गर्न बाँकी छ । गजुरेल सिन्धुलीका हुन् ।

गत मंसिरमा भएको चुनावमा उनले पार्टीबाट टिकट पाएका थिएनन् । आफूले टिकट नपाएकोमा असन्तुष्टि जनाउँदै गजुरेलले असहमतिपत्रसमेत माओवादी पार्टी कार्यालयमा बुझाएका थिए ।

त्यसलाई बुझेर प्रधानमन्त्री प्रचण्डले आफूलाई सहयोग गर्ने जिम्मेवारी लिन गजुरेलसँग आग्रह गरेका थिए। गजुरेल माओवादीभित्र प्रचण्डका आलोचक र समर्थक दुवै मानिन्छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*