भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आयो

निरन्तर न्यूज
१८ माघ २०७९, बुधबार १७:५०

काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ।

भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको हो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसनले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो ।

नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची पेट्रोल र डिजलको मूल्य ८ रुपैयाँ बढेर आएको छ।

त्यस्तैगरी मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाइ इन्धन ७ रुपैयाँ ८० पैसा बढेको छ। तर खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ। प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको निगमले जनाएको छ।

अब निगमको १५ दिनको घाटा ५५ करोड घाटा हुने निगमको भनाइ छ। हरेक १५ दिनमा नयाँ मूल्य कायम हुने नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनको सम्झौता छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*