नेपाली २० रुपैयाँको नोट चिनियाँ कम्पनीले छाप्ने
काठमाडौं। चिनियाँ कम्पनीले नेपाली २० रुपैयाँको नयाँ नोट छाप्ने ठेक्का पाएको छ । उसले ३१ करोड वटा संख्यामा नेपाली नोट छाप्ने भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चिनियाँ कम्पनी एम-एस चाइना ब्यांकनोट प्रिन्टिङ एन्ड माइन्टिङ कर्पोरेसनले २० रुपैयाँ दरका ३१ करोड वटा नोट छाप्ने ठेक्का पाएको हो।
चिनियाँ कम्पनीले ती नोट छाप्न ४६ लाख ९८ हजार ६ सय ८५ अमेरिकी डलरमा बोलपत्र हालेको थियो। उक्त बोलपत्र नै कम मूल्यको भएकोले राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई नोट छाप्ने ठेक्का दिएको हो।







