सबैले विद्युतिय सवारी साधन प्रयोग गरौँ : कुलमान घिसिङ

निरन्तर न्यूज
२९ फाल्गुन २०७९, सोमबार १८:२४

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले विद्युतिय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक घिसिङले विद्युतिय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका हुन् ।

उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोही अनुरुप विद्युतिय सवारी साधनहरु आइरहेका बताए ।

पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरुभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने बताए । त्यस्तै विद्युतिय सवारी साधनको प्रयोगले प्रदुषण पनि घट्ने भन्दै उनले विद्युतिय सवारी साधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताए ।

वातावरणिय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतिय सवारी साधन नै उपयुक्त भएको उनले बताए ।

‘जुन किसिमले हाम्रो नेपालको क्लिन इलेक्ट्रिसिटी प्रमोशन भइरहेको छ, त्यसलाई कन्ज्युम्सन बढाउने । लगानी सँगै हाम्रो खपत बढाउने कार्ययोजना अन्र्तगत विद्युतिय सवारी साधनहरु आइरहेको छ, त्यसको लागि सबैलाई म आह्वान गर्छु विद्युतिय सवारी साधन प्रयोग गरिदिनु हुन । सबैले विद्युतिय सवारी साधन प्रयोग गरौँ,’ घिसिङले भने,–‘त्यसले दुईवटा काम गर्छ । एउटा, तपाई आफ्नै जसले प्रयोग गर्नुहुन्छ, त्यो उपभोक्ताले पनि एकदमै थोरै अपरेशन कस्टमा, विद्युतिय स्कुटरमा २५ पैसादेखि ३० पैसामा प्रति किलोमिटर कस्ट लाग्छ । जबकी पेट्रोल, डिजेलमा प्रतिकिलो मिटर १०/१२ रुपैयाँ पर्छ । र गाडीहरुमा प्रति किलोमिटर कस्ट चाहीँ एक रुपैयाँभन्दा कम छ विद्युतिय सवारीमा । ६० पैसादेखि ९० पैसाको हाराहारीमा । जबकी पेट्रोल, डिजेलको १५/२० रुपैयाँ पर्छ । मेन्टेनेन्स कस्ट पनि एकदमै कम छ, किनभने इञ्जिन हुँदैन । रनिङ कस्ट नि कम छ, उपभोक्तालाई फाइदा छ । पेट्रोल, डिजेलको गाडीले जुन प्रदुषण आइरहेको छ, काठमाडौं लगायत विभिन्न शहरहरुमा । विद्युतिय सवारी साधन चल्दाखेरी त्यो प्रदुषण पनि हट्छ ।’

घिसिङले नेपालमा बर्खायाममा पर्याप्त विद्युत रहेको भन्दै आगामी दुई वर्षभित्रमा हिउँदे याममा पनि विद्युत पुग्ने स्थिति हुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*