उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

निरन्तर न्यूज
४ चैत्र २०७९, शनिबार ०८:१०

काठमाडौं । उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस, माओवादी,नेकपा एकीकृत समाजवादी, जसपा लगायत १० दलीय गठबन्धनबाट उम्मेदवार बनेका जसपाका यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

यादवले ३० हजार तीन सय २८ मतभार प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३ सय २८ मतभार प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु