८ महिनामा मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ

निरन्तर न्यूज
९ चैत्र २०७९, बिहीबार १०:२९

काठमाडौं ।चालू आर्थिक वर्षको ८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँ बराबर भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि फागुनसम्मको विवरण अनुसार मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबर छ ।

यो व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा १७.८६ प्रतिशत कम हो ।चालू आर्थिक वर्षमा वस्तु आयात तथा निर्यात दुवै घटिरहेको छ। यो अवस्थामा पनि नेपालको व्यापार घाटा उच्च नै देखिएको छ।

गत वर्ष यसै अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो । समग्र आयात नै घट्दा व्यापार घाटामा राहत मिलेको हो । ९ महिनामा कुल १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । आयात गत वर्षको सोही अवधिको तुलनामा १९।१३ प्रतिशत कम हो भने निर्यात २९ प्रतिशत कम हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*