आर्थीक वर्षको बजेट आउनै लाग्दा फेरिए अर्थ सचिव
काठमाडौं । सरकारले आगामी आर्थीक वर्षको बजेट आउनै लाग्दा अर्थ मन्त्रालयमा नयाँ सचिव ल्याएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले तोयाम रायालाई हटाएर अर्जुनप्रसाद पोखरेललाई अर्थसचिवका रुपमा ल्याउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले हालका अर्थसचिव तोयम रायलाई उपराष्ट्रपति कार्यालयमा पठाउने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत पोखरेललाई अर्थ मन्त्रालयमा ल्याउने निर्णय गरेको हो ।
२०६१ सालमा उपसचिव भएका उनी २०६७ सालमा सहसचिव बनेका थिए ।







