बागमतीमा अर्थ मन्त्री लामालाई थप तीन मन्त्रालयको जिम्मेवारी

निरन्तर न्यूज
२ जेष्ठ २०८०, मंगलवार १६:३४

हेटाैँडा । बागमती प्रदेश सरकारका मन्त्रि विहिन ३ मन्त्रालयको जिम्मेवारी सत्ता साझेदार दल कांग्रेसले पाएको छ । सोमबार मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामालाई थप ३ वटा मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी दिएपछि कांग्रेसले ५ वटा मन्त्रालय पाएको छ । मन्त्री लामालाई आर्थिक मामिला तथा योजना मन्त्रलयसहित वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रदेश प्रमुख शर्माको कार्यलयले सोमबार एक सूचना जारी गर्दै मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी दिएको जानकारी गराएको छ । ११ वटा मन्त्रालय रहेको प्रदेशमा अहिलेसम्म ६ वटा मन्त्रालयमा मात्रै मन्त्रिहरु नियुक्त भएका छन् । बाँकी ५ वटा मन्त्रालयको जिम्मेवारी स्वयं मुख्यमन्त्री जम्कट्टेलले सम्हाल्दै आएका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले ३ मन्त्रालयको जिम्मेवारी आर्थिक मामिला मन्त्री लामालाई दिएपनि अझै २ मन्त्रालय मन्त्री विहिन छन् । प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयमा अझै पनि मन्त्री नियुक्त हुन सकेका छैन् । ती दुबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्कट्टेलले नै सम्हालिरहेका छन् ।

सत्ता गठबन्धनमा एकीकृत समाजवादी सहभागी भएपनि मन्त्रालय भने पाएको छैन । गठबन्धन दलहरु भित्रै मन्त्रालयको भागवण्डा नमिल्दा अहिलेसम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउँन सकेको छैन ।
 

ss-1684198911.jpg

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*