१६५ वटै क्षेत्रमा बजेट जाओस् भनेर सांसद विकास कोष राखियो : अर्थमन्त्री महतकाे स्पष्टाेक्ति
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोषलाई गलतरूपमा नबुझ्न अनुरोध गरेका छन् । मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूसँगको सवाल-जवाफ गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
“१६५ वटै निर्वाचन क्षेत्रमा केही न केही बजेट जाओस् भनेर सांसद विकास कोष राखिएको हो । यो कार्यक्रममा सांसदहरूको काम भनेको सिफारिस गर्ने मात्रै हुन्छ,” अर्थमन्त्री महतले भनेका छन् ।
उनले व्यक्तिगत रूपमा पैसा दिएजस्तो विश्लेषण नगर्नसमेत अनुरोध गरेका छन् । “यहाँ सांसदहरूलाई व्यक्तिगतरूपमा ५ करोड दिइने होइन,” अर्थमन्त्री महतले भनेका छन्, “यसमा जनताका प्रतिनिधिले सिफारिस गर्ने काम मात्रै गर्छन् ।”







