संघीय संसदका दुवै सदनमा आजदेखि बजेटबारे छलफल हुने
काठमाडौं । आजदेखि संघीय संसदका दुवै सदनमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटबारे छलफल सुरु हुँदैछ ।
छलफलका लागि प्रतिनिधि सभाको बैठक बिहान ११ बजेदेखि सुरु हुँदैछ भने राष्ट्रिय सभा बैठक १ बजेदेखि सुरु हुँदैछ ।
आजको बैठकमा बजेटमाथि छलफल सुरु गरियोस भन्ने प्रस्ताव अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले पेस गरेपछि सांसदहरुले धारणा राख्ने कार्यसूची रहेको छ ।
यसअघि राष्ट्रपति कार्यालयले पठाएको नागरिकता विध्यक प्रमाणीकरण भएको पत्र सभामुख देवराज घिमिरेले सुनाउने कार्यसूची छ ।
त्यसपछि, आजैदेखि चारदिनसम्म छलफल गर्ने र यही जेठ २५ गते अर्थमन्त्री महतले जवाफ दिएपछि बजेट पारित गर्ने योजना छ ।







