आज बागमती प्रदेश सरकारकाे बजेट प्रस्तुत हुँदै

निरन्तर न्यूज
१ असार २०८०, शुक्रबार ११:००

हेटौंडा । बागमती प्रदेशसभामा आज दिउसो ३ बजे बजेट प्रस्तुत गरिदै छ । बजेटका लागि सबै तयारी पुरा भएको प्रदेश सरकारले जनाएको छ । आज दिउसो मन्त्रिपरिषद् बैठकले बजेटका बारेमा निर्णय गरेलगतै बजेट प्रस्तुत गर्न लागिएको हो ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट आज दिउसो बस्ने बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले बजेट प्रस्तुत गर्ने गरी कार्यसूची तय गरेको छ ।

मन्त्री लामाले आर्थिक वर्ष २०८०–०८१ को राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्ने गरी प्रदेश सभा बैठकको सम्भावित कार्यसूची तय भएको छ ।
त्यस्तै, आज ९बिहीबार० दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकमा मन्त्री तामाङले बागमती प्रदेश आर्थिक सर्वेक्षण २०७९र०८० पेस गर्दै हुनुहुन्छ ।आज प्रदेश सभाको बैठकमा मन्त्री लामाले आव २०८०–०८१ को बजेट वक्तव्यको प्रति टेबुल गर्ने र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० लाई पेस गर्ने कार्यसूची बनेको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपियाँ विनियोजन गरेको थियो । तर आगामी आवको बजेटको आकार चालु आवको भन्दा घट्ने देखिएको छ ।

प्रदेश सरकारको आफ्नै राजस्वको स्रोतमध्ये मुख्य गरी राजस्व सङ्कलन हुने मालपोत र सवारी करमा ह्रास आउने प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेशको राजस्व सङ्कलनमा कमीसँगै सङ्घबाट प्राप्त हुने अनुदान घट्ने भएसँगै आगामी आवको बजेटको आकारसमेत घट्ने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*