बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड (पूर्ण पाठ सहित)
हेटौंडा । बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ रहेको छ । आगामी आर्थिक वष २०८०–०८१ का लागि बागमती प्रदेश सरकारले ६२ अर्ब भन्दा बढी रकमको बजेट ल्याएको हो । प्रदेश सरकारले ११ वटा मन्त्रालय मार्फत खर्च गर्नेगरी यो बजेट ल्याएको हो ।
बागमती प्रदेशको भौतिक मन्त्रालयका लागि २१ अर्ब ६६ करोडको बजेट छुट्याइएको छ । आगामी आर्थिक बर्षका लागि प्रदेशका ११ वटा मन्त्रालय मध्यमा सबै भन्दा धेरै भौतिक मन्त्रालयका २१ अर्ब रुपैयाँ भन्दा बडी बजेट छुट्याइएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा करिब ८ अर्ब घटाएर आगामी आवको नीति तथा योजनाको कार्यान्वयन गर्ने गरी शुक्रबार बजेट सार्वजनिक गरेको हो ।
कुल विनियोजन मध्ये चालु तर्फ रु २६ अर्व ७० करोड २७ लाख ६९ हजार, रुपैयाँको बजेट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा तामाङले प्रस्तुत गर्नुभयो । पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्था तर्फ ५० करोड विनियोजन गरेको उहाँले बताउनुभयो । कुल विनियोजन मध्ये चालु तर्फ ४२ दशमलब ५८ प्रतिशत, पुँजीगत तर्फ ५६ दशमलब ६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ० दशमलब ८ प्रतिशत रहेको उहाँले बताउनुभयो ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट पाँच अर्व २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको वचत र अन्य प्रातिबाट १४ अर्व ४५ करोड ४७ लाख व्यहोरिने अनुमान गरिएको छ ।
हेटौंडाको कर्रा करिडोरका लागि १५ करोड बजेट बिनियोजन गरिएको छ । बागमती प्रदेश सरकारले आज संसदमा बजेट प्रस्तुत गदै आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले यस्तो बताउनुभएको हो । बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयको लागि ४ अर्ब रुपैयाँ बजेट बिनियोजित गरिएको छ ।
जनता आवास कार्यक्रमलाई आउँदो आर्थिक वर्षमा पनि बजेट छुट्याइएको छ । शहरी तथा सहरउन्मुख क्षेत्रमा सडक, फुटपा, साइकल लेन, बिरुवा रोप्ने काम गर्नेगरी बजेट बिनियोजना गरिएको छ । बागमती प्रदेश सरकारले स्थानीय तहलाई अनुदान स्वरुप ४ अर्ब ८३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले शुक्रबार बसेको प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । प्रदेश सरकारले आगामी आवमा समानीकरण अनुदान वापत प्रदेशका ११३ स्थानीय तहमा १ अर्ब ६६ करोड रुपैयाँ बजेट छुट्याएको गरेको मन्त्री लामाले बताए ।
प्रदेश सरकारले स्थानीय तहका लागि सशर्त अनुदान तर्फ २ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ, समपूरक अनुदान तर्फ २ अर्ब ३५ करोड ७ लाख र विशेष अनुदान तर्फ ७३ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०(०८१ को बजेट सुरु भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले बजेट भाषण जारी राखेका छन् ।
सरकारले आगमी सन् २०२४ लाई बागमती प्रदेश भ्रमण वर्षको रुपमा मनाउने भएको छ । बागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्ष ५ करोड विनियोजन गरेको छ । अलपत्र रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि ५ करोड विनियोजन गरेको हो ।
बागमती प्रदेशसभामा प्रस्तुत बजेट बक्तब्यको पूर्ण पाठ
बजेट-वक्तव्य-२०८०।८१






