बजार मूल्य नपाएको भन्दै व्यापारीहरुले गोलभेंडा सडकमा फ्याँके

निरन्तर न्यूज
३ असार २०८०, आईतवार १२:५३

काठमाडौं । बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारका व्यापारीहरुले गोलभेंडा सडकमा फ्याकेका छन् ।
खपत हुन छाडेको भन्दै किसान र व्यापारीले बजार परिसरभित्र गोलभेंडा फ्याँकेका हुन् ।

कालिमाटी थोक तथा खुद्रा बजार समितिले आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर ‘गोलभेंडा होलिडे’ गरिएको जनाएको छ । समितिका अध्यक्ष गीता आचार्यले किसानले गोलभेंडा फ्याँकेको बताए । बजार मूल्य नपाएपछि रामकोट, नागार्जुन, थानकोट लगायतका क्षेत्रमा फलेका गोलभेंडा फ्याँकिएको छ ।

कालिमाटी बजार बिकास समितिले आइतबारका लागि टनेल सानो गोलभेंडाको थोक बिक्री मूल्य ८ रुपैयाँ प्रतिकिलो तोकेको छ । तर,काठमाडौंमा खुद्रा बजारमा प्रतिकिलो ३० रुपैयाँसम्म गोलभेंडा बिक्री भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*