सङ्घीय सरकारको आव २०८०। ०८१ को बजेट बहुमतले पारित
काठमाण्डौँ । सङ्घीय सरकारले आर्थिक वर्ष २०८०। ०८१ का लागि प्रस्तुत गरेको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । सरकारले गत जेठ १५ गते आर्थिक वर्ष २०८०। ०८१ का लागि लागि १७ खर्ब, ५१ अर्ब ३१ करोडको बजेट संसद्मा प्रस्तुत गरेको थियो । प्रस्तुत बजेट बुधवार बसेको प्रतिनिधिसभाको बैठकबाट बहुमतले पारित भएको हो ।
बजेट मत विभाजन प्रक्रियाबाट पारित गरिएको हो ।मत विभाजना आज उपस्थित २५५ सांसदमध्ये बजेटको पक्षमा १४७ मत र विपक्षमा मत १०८ मत दिएका थिए । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले बजेटको पक्षमा मतदान गरेका थिए भने एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत र नेमकिपाले भने बजेटको विपक्षमा मतदान गरेका थिए ।







