हेटौंडा उपमहानगर मै लटरम्म फल्यो स्याउ

निरन्तर न्यूज
१९ असार २०८०, मंगलवार १०:५५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ सानो सुकौलीमा स्याउ लटरम्म फलेको छ । यहाँ फलफूलको बगैचासंगै होमस्टेको पनि सुबिधा दिन थालिएको छ । यहाँ गाई, भैसी, बाख्रा पालनसंगै फलफूल खेती गरिएको हो ।

स्थानीय स्याम बहादुर छत्कुलीले ११ कठ्ठा १० धुर बारीमा श्याम बाटिका एकिकृत कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर फलफूल खेती संगै पशु र चौपाया पालन गर्नु भएको छ । अहिले भने बिभीन्न सुबिधाहरु दिदै होमस्टे पनि सुरु गरिएको छ ।

सबै कुरामा आत्म निर्भर बन्नुपर्छ भन्ने उदेस्यले छत्कुलीले सानो सुकौलीमा लोभै लाग्नेगरी स्याउ खेती गर्नु भएको छ । दुइ वर्ष अगाडि लगाएको स्याउ बितेको वर्ष देखिनै फलिसकेको छ । बारीमा स्याउका विरुवा ठुला हुँदै गएका छन् ।

त्यसैगरी मेवा, कागती, एभोकाडो, रुख कट्हर, सुन्तला, ड्रागनफुड लगायतका फलफुल लगाइएको छत्कुली बताउनुहुन्छ । गाइ, भैसी, बाख्रा पालनसंगै खेती गर्नका लागि उहाँका छोरा इश्वर छत्कुली र बुहारी आइतीमायाँ प्रजा बिहान देखि साझ अबेर सम्म खट्ने गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*