हेटौंडा र राक्सिराङ जोड्ने चुर्लिङखोलामा झाेलुङ्गे पुल निर्माण

हेटौंडा र राक्सिराड्डको सीमामा पर्ने चुर्लिङ खोलामा झोलुड्डे पुल निर्माण भएको छ । लामो समयदेखि पुल निर्माणको माग गर्दै आएका हेटौंडा १९ शिराञ्चोक बेसीटोलका बासिन्दा पुल निर्माणसागै हर्षित भएका छन् ।
वर्षाको समयमा चुर्लिङ खोला तरेर वारपार गर्नुपर्ने बाध्यतासागै जोखिमबाट पुल निमार्ण भएपछि मुक्त भएका छन् । हेटौंडा उपमहानगरपालिकाले संघीय शसर्त अनुदान मार्फत झोलुड्डे पुल निर्माण गरिदिएको हो ।
तीन बर्ष अघि पुल निर्माणको लागि आएको बजेट कार्यान्वयन हुन नसक्दा अध्ययनका लागि जानुपर्ने बालबालिका खोलाको जोखिम मोल्दै बिद्यालय सम्म पुग्ने गरेका थिए । हेटौंडा–१९ र राक्सिराड्ड–१ जोड्ने चुर्लिङखोला तरेर राक्सिराड्ड गाउापालिका–१ दुड्डोभञ्ज्याङमा रहेको कालिका आधारभुत बिद्यालयसम्म जानका लागि शिरान्चोक बेसीटोलका बालबालिकालाई बर्षाको समयमा समस्या हुने गरेको थियो । उपमहानगरको बेसीटोलबाट १५ घरका ३५ जना बालबालिका अध्ययनका लागि बिद्यालय जाने गरेका छन् ।
दुई पालिका जोड्ने झोल्ड्डुे पुलको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले उद्घाटन गरेका छन् । शिरान्चोकवेसी झोलुड्डे पुल निर्माण उपभोक्ता समितिले निर्माण गरेको ३८ लाख रुपियाँको लागतमा निर्माण गरेको हो ।
झोलुड्डे पुलको निर्माण प्राबिधीक सहयोग राडो नेपालले गरेको हो । ७६ मिटर लामो पुलमा संघीय सरकारले ८५, हेटौंडा उपमहानगरपालिकाले १३ र उपभोक्ता समितिले २ प्रतिशत लगानी गरेको हो । निर्माण भएको झोलुड्डे पुलबाट दुई पालिकाका ५ हजार स्थानिय लाभाम्वित हुने बताइएको छ ।
झोलुड्डे पुलको उद्घाटनमा जग्गा दान गर्ने बाघसिं स्याङ्तान, बिरबहादुर लो र पुल निर्माणको क्रममा काममा खटिएका स्थानिय मिस्त्रि हर्कबहादुर थोकर, ईन्द्रबहादुर स्याङतानलाई सम्मान गरिएको थियो । पुल निमार्ण समितिका अध्यक्ष कुमार व्लोनको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा– १९ का अध्यक्ष नरनाथ सुवेदी राडो नेपालका कार्यक्रमा संयोजक बिष्णु धिताल लगायतको आतिथ्यता रहेको थियो ।