आजदेखि हवाई भाडा वृद्धि

निरन्तर न्यूज
१ श्रावण २०८०, सोमबार १२:५३

काठमाडौं । हवाई भाडा सोमबारदेखि लागु हुने गरी ६ प्रतिशतले वृद्धि भएको छ ।

सरकारले टिकटमा मूल्य अभिवृद्धि कर लगाएको भन्दै नेपाल वायुसेवा सञ्चालक संघले प्रेस विज्ञप्ति जारी गर्दै आन्तरिक उडानमा श्रावन १ गते देखी हवाई भाडा वृद्धि गर्ने जानकारी दिएको हो ।

आर्थिक वर्ष २०८०/०८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ । सरकारले सेवा शुल्कबापत १३ प्रतिशत भ्याट लगाएको छ । तर, हवाई टिकटमा भ्याट कार्यान्वयन गरे पनि १३ प्रतिशतकै दरमा शुल्क नबढ्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु