बागमती प्रदेशका लेखा अधिकृत र सहलेखापालको सरुवा

निरन्तर न्यूज
१३ श्रावण २०८०, शनिबार ०९:५३

हेटौंडा । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा झण्डै चार दर्जन कर्मचारीको सरुवा गरेको छ । आर्थिक मामिला मन्त्रालयले प्रदेशका बिभीन्न मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत ३७ जना छैठौ तहका लेखा अधिकृत र ७ जना पाँचौ तहका सह लेखापालको सरुवा गरेको हो ।

दुइ वर्ष अवधि पुगिसकेका लेखा अधिकृत र सह लेखापालहरुको सरुवा गरिएको आर्थिक मामिला मन्त्रालयका प्रवक्ता लक्ष्मी कुमार रिमालले जानकारी दिनुभयो । असार मसान्त सम्ममा आफुले काम गर्दै आएका कार्यालयको काम सकिसकेको र साउनमा अर्को कार्यालयमा जानका लागि सहज पनि भएकाले मन्त्रालयले सरुवा गरेको हो ।

सरुवा भएका केही लेखा अधिकृतहरु बषौ देखि एउटै कार्यालयमा बस्दै आएका थिए । लेखा अधिकृतहरु र सहायक स्तरका लेखापालहरुले अहलिे आफु रहँदै आएको कार्यालयबाट रमना लिएर सरुवा भएको कार्यालयमा जाने चरणमा रहेका छन् ।

सरुवा भएका छैठौ तहका लेखा अधिकृत बिवरण हेर्नका लागि तलको लिन्क क्लिक गरौ ।

https://moeap.bagamati.gov.np/wp-content/uploads/2023/07/%E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A5%83%E0%A4%A4-%E0%A4%9B%E0%A5%88%E0%A4%82%E0%A4%A0%E0%A5%8C%E0%A4%82.pdf

पाँचौ तहका सह लेखापाल

https://moeap.bagamati.gov.np/wp-content/uploads/2023/07/%E0%A4%B8%E0%A4%B9%E0%A4%BE%E0%A4%AF%E0%A4%95%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0.pdf

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*