पेट्रोल र डिजेलको भाउ बढ्यो, खाना पकाउने एलपी ग्यासको घट्यो

निरन्तर न्यूज
१७ श्रावण २०८०, बुधबार ०८:०९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ ।

भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जनाएको छ । । अब पेट्रोलका भाउ प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ । एलपी ग्यास प्रतिलिण्डिर १६६० मा झरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*