डिजल पेट्राेलकाे भाउ बढेसँगै सार्वजनिक यातायातकाे भाडा पनि बढ्याे

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडादर पनि बढेको छ । बुधबारदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो ।
स्वचालित मूल्य प्रणालीका आधारमा विभागले भाडादर बढाएको जनाएको छ ।
विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडामा ४.७० प्रतिशतले वृद्धि गरिएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६.१५ प्रतिशतले वृद्धि गरिएको छ । यस्तै तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ६.८३ प्रतिशतले वृद्धि गरिएको छ ।
नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर १४ रुपैयाँले वृद्धि गर्दै १६५.८३ रुपैयाँ पुर्याएको छ ।