एमालेद्वारा लेखा समिति बैठक बहिष्कार

निरन्तर न्यूज
३२ श्रावण २०८०, बिहीबार १४:४७

काठमाडौं । नेकपा एमालेको बहिष्कारपपछि लेखा समितिको बैठक स्थगित भएको छ । एमालेले बहिष्कार गरेका कारण कोरम नपुगेपछि बैठक स्थगित गरिएको हो ।

संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेको हो ।

दलहरुबीच संसदीय समितिको भागबण्डा भने मिलिसकेको बताइएको छ ।

सहमतिअनुसार नेपाली कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई ३, नेकपा माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति सभापति दिइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*