विद्युत कर्मचारीको सेवा सुबिधा वृद्धि

निरन्तर न्यूज
१ भाद्र २०८०, शुक्रबार १५:१५

काठमाडौं। विद्युत प्राधिकरणका कर्मचारीहरूको सेवासुविधा वृद्धि भएकाे छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार प्राधिकरणको वार्षिक उत्सव कार्यक्रमकाे अवसरमा कर्मचारीको सेवा सुविधा वृद्धिको घोषणा गरेका हुन् ।

विद्युत सञ्चालक समितिले विभिन्न समयमा गरेको निर्णयका आधारमा घिसिङले कर्मचारीको सेवा सुविधा बढाएका हुन्। प्राधिकरणले हरेक वर्ष कर्मचारीलाई दिँदै आइएको वार्षिक उत्सव भत्ता १५ हजारलाई निरन्तर दिएको छ भने महिला कर्मचारीलाई दिएको प्रशुति भत्ता ७ हजार ५०० बाट १५ हजार बनाइएको छ ।

त्यस्तै विद्युतीय सवारी साधन खरिदमा रु तीन लाखबाट ५ लाख रुपैयाँ पुर्याइएको छ भने शैक्षिक अनुदान १० हजारबाट ३० हजार पुर्याइएको छ । यस्तै कर्मचारीलाई दिइँदै आएको दैविक प्रकोप अनुदान रु २० बाट ४० हजार पुर्याइएको छ।

कामको शिलशिलामा कर्मचारीको मृत्यु भएमा अमर प्रमाणपत्र र परिवारलाई ५ हजार काजक्रिया खर्च उपलव्ध गराउने घोषणा समेत घिसिङले गरेका छन् । प्राधिकरणका कर्मचारीका छोराछोरीका लाथि ५० लाख छात्रवृत्ति कोष खडा गर्ने घोषणा समेत घिसिङले गरेका छन् ।

त्यस्तै कर्मचारीको आवास खर्चमा थप एक हजार रुपैयाँ थपिएको छ भने प्रत्येक अफिसमा शिशु स्यहार केन्द्र स्थापना गर्ने घोषणा समेत घिसिङले गरेका छन् ।

शुक्रवार नेपाल विद्युत प्राधिकरणले आफ्नो ३८औं वार्षिकोत्सव मनाएकाे छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु