डाक्टरमाथि हातपात भएपछि केएमसीमा विरोध प्रदर्शन

निरन्तर न्यूज
१४ आश्विन २०८०, आईतवार १६:४९

काठमाडौं । उपचारका क्रममा डाक्टरमाथि हातपात भएको विरोधमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा प्रदर्शन भएको छ ।

इन्टर्न डाक्टरमाथि हातपात भएको विरोधमा त्यहाँका चिकित्सकहरु प्रदर्शनमा उत्रिएका हुन् ।

मृर्गौला रोगको परीक्षणका लागि ल्याइएको बिरामीका आफन्तले आइतबार दिउँसो डाक्टर मनिष खड्कामाथि हातपात गरेका थिए ।

हातपातको आरोपमा प्रहरीले रुपक गौतम सरोज गौतमलाई पक्राउ गरेको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टर कुटिएपछि भएको आन्दोलन हिजो मात्रै रोकिएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु