मकवानपुरमा लागुऔषध र नगदसहित ५ जना पक्राउ

निरन्तर न्यूज
२१ आश्विन २०८०, आईतवार २१:४८

हेटौंडा । मकवानपुर प्रहरीले नगद ८ लाख र लागु औषध सहित पाँचजनालाई पक्राउ गरेको छ । उनिहरुलाई मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ६ नयाँबस्तीबाट पक्राउ गरिएको हो । लागु औषको कारोबार भएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी, जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले पाँचजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–८ वस्ने ३१ बर्षीय बिकास मोक्तान, सोही स्थान बस्ने ३५ बर्षीय राम बहादुर स्याङबो, पर्सा ठोरी गाउँपालिका–८ बस्ने ३२ बर्षीय जित बहादुर चापागाई, मकवानपुरको मनहरी गाउँपालिका–४ रमनटार बस्ने ३० बर्षीय रामचन्द्र गोले र सोही स्थान बस्ने २० बर्षीय दाल बहादुर मोक्तान रहेका छन् ।

नयाँ बस्तीस्थित कच्ची बाटोमा प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकल सहित बसिरहेका उनीहरुलाई ६०२ बोतल कोडिन फास्फेट, २० ग्राम चरेस र नगद ८ लाख सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु