सुनको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला एक लाख १६ हजार

निरन्तर न्यूज
१० कार्तिक २०८०, शुक्रबार १३:३७

काठमाडौं । सुनको मूल्यमा रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ पुगेको छ ।

गत शुक्रबार सुनको मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ पुगेको थियो। दशैं बिदाका कारण एक सातादेखि सुनको मूल्य निर्धारण भएको थिएन।

दशैंपछि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर रेकर्ड ब्रेक भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*