मकवानपुरमा १६० बिगाहा गाँजा फडानी

निरन्तर न्यूज
१६ कार्तिक २०८०, बिहीबार १४:२६

हेटौंडा । मकवानपुरको बिकट गाउँमा लगाइएको गाँजा निरन्तर रुपमा फडानी भइरहेको छ । चार दिनको अवधिमा १६० बिगाहा गाँजा फडानी गरिएको छ । यही कार्तिक १२ गते देखि १५ गते सम्मको अवधिमा राक्सिराङ र कैलाश गाउँपालिकाका बिभीन्न गाउँमा गाँजा फडानी गरिएको हो ।

राक्सिराङ गाउँपालिका वडा नम्बर–४ मादल सेन, रतुवा,वडा नम्बर–९को कोल्टे, धुरकोट, कात्तिके, अठारे गरी यस क्षेत्रमा ४ बिगाह क्षेत्रमा लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

यसैगरी राक्सीराङ गाउँपालिका वडा नम्बर–३ सरी खेत,फलासेमा २० बिगाह १० कठ्ठा, कैलाश गाउँपालिका वडा नम्बर–३ को कालिकाटार,आपचौर,भोगटार,र वडा नम्बर–४ को तोकुवा, धुस्राङ्, देउतिसमा १३ बिगाह ५ कठ्ठा लागूऔषध गाँजा फडानी गरेको उहाँले बताउनुभयो ।

यसैगरी कार्तिक १२ गते ३ बिगाहा, ८ कठ्ठा, १३ गते ६१ बिगाहा, ३ कठ्ठा र १४ गते ५७ बिगाहा १५ कठ्ठा गाँजा फडानी गरिएको हो । मंगलबार राक्सिराङ–९ रिचोपुङ, सिमलटार लोजा, वाङराङ, खोल्सी, रुन्चेदाङ, चेउराङ क्षेत्रमा लगाएको २१ बिगाहा, राक्सीराङ– १ र २ मा २७ बिगाहा ५ कठ्ठा फडानी गरिएको छ । त्यस्तै कैलाश ८ को वाक्सिराङ ,सतपुर, पाख्रे, र वडा नम्बर ७ को बिलाउने, देरवारी लगायत क्षेत्रमा ९ बिगाहा १० कठ्ठा फडानी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*