अदालतको आदेशपछि रिगल पक्राउ, दाङ जेलमा पठाइने

निरन्तर न्यूज
१६ कार्तिक २०८०, बिहीबार १७:०३

काठमाडौं । सर्वोच्च अदालतले आममाफी दिने निर्णय बदर गरेसँगै योगराज ढकाल रिगललाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई बाँकेको नेपालगञ्जबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी कुबेर कडायतले जानकारी दिए। उनलाई दाङस्थित जिल्ला कारागारबाट छाडिएको थियो। अब उनलाई दाङकै कारागारमा लगिने कडायतले बताए।

सरकारको सिफारिसमा संविधान दिवसको अवसर पारेर राष्ट्रपतिले रिगलको कैद मिनाहा गरेपछि पत्नी भारती शेर्पा मानन्धरले त्यसविरुद्ध अदालतमा रिट दायर गरेकी थिईन र सर्वोच्च अदालतले आज कैद मिनाहाको निर्णय बदर गर्दै रिगललाई जेल पठाउन आदेश दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*