रेशम चौधरीको आममाफी मिनाहाको सुनुवाइ स्थगित

निरन्तर न्यूज
२३ कार्तिक २०८०, बिहीबार १२:२७

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्वसांसद रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ।

निवेदन सुनुवाइका लागि विहीबार पालो तोकिएकोमा सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो।

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपतिले १३ जेठ, २०८० मा संविधान दिवसको अवसरमा माफी मिनाहा दिएका थिए। उनी १५ जेठमा जेलबाट छुटेका थिए।

त्यो निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन्। बिहीबारका लागि तोकिएको त्यही निवेदनको सुनुवाई स्थगित भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*