सांसद विकास कोषको ८ अर्ब रकम भुकम्पपीडितका लागि खर्चिने

निरन्तर न्यूज
२७ कार्तिक २०८०, सोमबार १५:१८

काठमाडौं। सरकारले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्चिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको ८ अर्ब २५ कराेड र दातृ निकायहरुको सहयोग समेत गरेर १० अर्बको कोष निर्माण गर्ने निर्णय गरेको श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले जानकारी दिए।

उक्त रकम भूकम्पपछिको पुनर्निर्माणका लागि खर्च गर्ने जनाइएकाे छ ।

सांसद विकास कोषको रकम खर्च नगर्न सर्वोच्चमा मुद्दा परेको थियो। योसँगै सरकारलाई उक्त कोषको रकम भुकम्प पीडितका लागि खर्च गर्न बाटो खुलेको छ। साथै बैठकले भुकम्प पीडितको सहयोगका लागि अन्तराष्ट्रिय दातृ निकायलाई सहयोगका लागि आव्हान गर्ने भएको छ।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा बढी क्षति भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*