आज काठमाडौं वर्षकै चिसो

निरन्तर न्यूज
२० पुष २०८०, शुक्रबार १३:३०

काठमाडौं । काठमाडौं उपत्यकामा वर्षकै बढी चिसो भएको छ।

जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले आफ्नाे वेबसाइटमा राखेको विवरणअनुसार उपत्यकामा वर्षकै चिसो भएको हो।

महाशाखाले शुक्रबार विहान पौने ९ बजे काठमाडौंको तापक्रम ३.५ डिग्री मापन भएको जनाएको हो।

यसअघि काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री आसपास थियो। आज काठमाडौंको मौसम सामान्यतया हिजो जस्तै सफा रहनेछ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिदेखी भने तराईका भूभागमा पश्चिमी वायूको प्रभावले बादलको मात्रा बढ्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*