बाल अस्पताललाई सदभाव युवा समाजको ३ लाख ७५ हजार सहयोग

निरन्तर न्यूज
१२ माघ २०८०, शुक्रबार १९:०३

काठमाण्डौं । सद्भाव युवा समाजले काठमाडौमा बन्दै गरेको एक बाल अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको छ ।

मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले नेतृत्व गरेको काठमाडौं ईन्स्टिच्युट अफ चाइल्ड हेल्थद्वारा संचालित बाल अस्पताललाई सद्भाव युवा समाज नेपाल र कतारले संयुक्तरुपमा ३ लाख ७५ हजार एकसय रुपैयाँ सहयोग गरेको हो ।

आज एक कार्यक्रमबीच समाजका नेपाल अध्यक्ष प्रदीप रुपाखेतीसहितको टोलीले डाक्टर कोइरालालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

धर्म भनेको आस्था हो, भावना हो तथा कर्म भनेको काम हो, सेवा हो, असल व्यवहार हो त्यसैले असल कर्म गर्नु नै धर्म हो भन्ने भनाईलाई अनुशरण गर्दै सहयोग गरिएको अध्यक्ष रुपाखेत्तीले जानकारी दिए ।

भोलि रास्ट्र समुन्नत र समृद्ध बनाउने बालबालिकाहरुलाई सुलभ रुपमा विश्व स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न डा. कोइरालाले निमार्ण गर्न लाग्नु भएको अस्पताललाई सहयोग गर्न पाउदा आफुहरुलाई गर्व लागेको अध्यक्ष रुपाखेतीले बताए ।

कोइरालाले यस कार्यलाई उदार दान भन्दै समाजलाई धन्यवाद दिएका छन् । कोइरालाले यस्ता उदार दानलाई न्यायसंगत स्वास्थ्य हेरचाह प्रणालीमा लगाउने बताएका छन् ।

बरिष्ठ मुटु रोग विशेषज्ञ रहेका डा. भगवान कोइरालाले देशै भरि बालबाललिकालाई सर्बसुलभ स्वास्थ्य उपचार गराउनको लागि अस्पताल निर्माण कार्य गरिरहेका छन् ।

१ सय शैय्याको अस्पतालका लागि यस अघि सरकारले बुढानीलकण्ठ–७ काठमाडौमा ४१ रोपनी १० आना ३ पैसा जग्गा भाडामा दिने निर्णय गरेको थियो ।

विगत लामो समय देखि रोजगारीको शिलशिलामा कतारमा रहेका नेपाली दाजुभाई र त्यहाँबाट फर्किएका युवाहरु मिलेर स्थापना भएको सद्भाव युवा समाजले समय समयमा सामाजिक कार्य गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*