सार्वजनिक खरिद (तेह्रौँ) संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित

निरन्तर न्यूज
२२ फाल्गुन २०८०, मंगलवार १६:१०

काठमाडौँ । सार्वजनिक खरिद (तेह्रौँ) संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित भएको छ ।

समयमा काम सम्पन्न नभएका र काम चालु अवस्थामा रहेका आयोजनाको समय एकमुष्ट थप्न सक्ने गरी संशोधन गरिएको नियमावली राजपत्रमा प्रकाशित भएको हो ।

समय थपका लागि निर्माण कम्पनीले बुझाएको कार्य तालिका अनुसार नै समय थपिने गरी कार्यालय प्रमुखलाई अधिकार दिइएको छ । तर, आर्थिक दायित्व भने थप नहुने सर्तमा समय थप्न सकिने संशोधन भएको नियमावलीमा उल्लेख गरिएको छ ।

सार्वजनिक खरिद (तेह्रौँ) संशोधन) नियमावली, २०८०

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*